एमाले धनकुटाको प्रतिनिधि चयनमा पनि लफडा, मतपत्र च्यातियो
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन प्रतिनिधि चयनमा एकलौटी गरिएको भन्दै धनकुटामा निर्वाचन भइरहदा मतपत्र च्यातेको छ। मतपत्र च्यातेपछि एक समुहले निर्वाचन बहिस्कार गरेको छ ।
बहिस्कार गर्नु अघि केहि निर्वाचन बुथमा असन्तुष्ट समूहले तोडफोड समेत गरेका छन् । एमालेको महाधिवेशनमा प्रतिनिधि छनौट सर्व सम्मत नभएका ठाँउमा आज निर्वाचन हुँदै छ ।
धनकुटामा राजेन्द्र राई र इन्द्रमणी पराजुली पक्ष गरेर २ वटा समूह छन् । इन्द्रमणी समूहले मतदातालाई थाहा नै नदिइ एकलौटी हिसावले निर्वाचन गराएको आरोप लगाएको छ ।
पराजुलीले राई पक्षले आफूहरुलाई थाहा नदिई एकलौटी आफू निकटका निर्वाचन अधिकृत तोकेको आरोप लगाए ।
राई पक्षले पार्टी कार्यालय निर्वाचन केन्द्रमा फर्जी मत हालेको भन्दै मत पेटी नै फालेको थियो । अर्को पक्षले तालाबन्दी गरेको थियो ।
धनकुटामा लामो समयदेखि राजेन्द्र राई पक्षधरको वर्चस्व रहदै आएको छ। धनकुटामा हिजो साँझ ९–४ को सहमति भएको थियो। ९ जना राई पक्ष बाट र ४ जना इतर समूहबाट प्रतिनिधि पठाउने सहमति भएको थियो ।
सहमति अनुसार ४ जना बाहेकले मनोनयन फिर्ता लिएपछि आज बिहानबाट निर्वाचन प्रक्रिया शुरु भएको पराजुली पक्षले बताए । राईले पक्षले सर्वसम्मत प्रतिनिधि छनौट हुन नसकेपछि निर्वाचन प्रक्रिया शुरु भएको बताए ।
प्रतिक्रिया दिनुहोस्: