कम्युनिस्ट पार्टीमा अब कुनै पुच्छर झुन्ड्याउन आवश्यक छैन ः प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टीमा कुनै पुच्छर राख्न आवश्यक नभएको बताएका छन् । उनले सुदूरपश्चिमको धनगढीमा शुक्रबार नेकपाले गरेको एकता सन्देश सभामा सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टी सबै कम्युनिस्टको विचार अट्न सक्ने पार्टी भएको बताएका हुन् ।
उनले भने, ‘अब कम्युनिस्ट पार्टीमा कुनै पुच्छर राख्न आवश्यक छैन । नेपाली कम्युनिस्ट पार्टीमा अब एकीकृत समाजवादी छैन । माओवादी छैन । अरू कुनै केन्द्र छैन । सबै एउटै पार्टीमा समाहित भएका छौँ । विगतमा कम्युनिस्ट पार्टी नेपाल भनेर भूगोलको नाम राखियो । किनकि पार्टी जनताको हुन्छ । त्यसै भएर हामीले नेपाली कम्युनिस्ट पार्टी बनायौँ ।’
१२ पार्टी भन्दा बढी पार्टी र समुह मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ ।
प्रतिक्रिया दिनुहोस्: