विवेकशील साझा र रास्वपाबीच एकीकरण, आइतबार घोषणा सभा
काठमाडौं । विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णय गरेको छ । बुधबार पार्टीको जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको वैकल्पिक राजनीतिक दलबीचको बृहत्तर ध्रुवीकरण एकीकरण प्रस्तावुलाई सर्वसम्मत अनुमोदन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णयलाई पारित गरेको हो
‘वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यताको महसुस भइरहेको बेला नवयुवाहरूको आन्दोलन ‘जेन–जी विद्रोह’ ले विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको एकीकरणलाई तीव्रत्तर बनाइदियो, निर्वाचनमा पहिलो शक्ति भएर नेपाली जनताको विकास,सम्वृद्धि र सुशासनको उत्कट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्वलाई सफल बनाउने प्रतिबद्धताका साथ एकीकरण गरिएको हो, यसले राष्ट्रिय सन्देश दिन्छ, संयोजक एवं उपाध्यक्ष परियारको टिप्पणी छ ।
पार्टी एकीकरणका अन्य प्राविधिक सवालहरू दुवै दलका नेतृत्वको उच्च समझदारीको जगमा चाँडै सहमतिमा टुंग्याइने छ । आगामी आइतबार राष्ट्रिय सभागृहमा एकीकरण घोषणा कार्यक्रम हुनेछ ।
प्रतिक्रिया दिनुहोस्: