Bagmati Samachar Logo

युरोपियन युनियनले अनुदानस्वरुप दिने २ करोड ३० लाख युरो स्वीकार्ने सरकारको निर्णय

काठमाडौं । सरकारले युरोपियन युनियले अनुदानस्वरुप दिने २ करोड ३० लाख युरो आर्थिक सहयोग स्वीकार्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले युरोपियन युनियनमार्फत ग्रीन एन्ड रिलायबल इनर्जी फर इकोनोमी–प्रोस्परिटी इन नेपाल’ परियोजनाका लागि प्राप्त हुने २३.५८ मिलियन युरो सहायता स्वीकार्ने निर्णय गरेको हो ।

उक्त आर्थिक सहयोग ऋणमा नभएर अनुदानमा प्राप्त गर्ने हो, जुन नेपाली मुद्रामा ३ अर्ब ८८ करोड रुपैयाँबराबरको आर्थिक सहयोग हो ।