२१ फागुनको प्रतिनिधिसभा निर्वाचनको लागि एमालेद्वारा दल दर्ता
काठमाडौं । नेकपा (एमाले) ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा चुनावका लागि आज निर्वाचन आयोगमा दल दर्ता गराएको केन्द्रीय सदस्य निरज आचार्यलेले जानकारी दिए ।
उनका अनुसार निर्वाचन आयोगमा दर्ता हुनेमा एमाले ६६औँ नम्बरमा रहेको छ ।
एमालेले अन्तरिम सरकार गठन प्रक्रियाको विरोध र संसद पुनर्स्थापनाको माग राखेर चुनावमा नजाने बताउँदै आएको थियो । तर, अन्तिम समयमा आएर एमाले दल दर्ता गरेको हो ।
दल दर्ताको लागि भोलिसम्मको म्याद तोकिएको छ । आजै एमालेले सर्वोच्च अदालतमा विघटित संसद पुर्नस्थापनाको माग सहित रिट दायर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: