Bagmati Samachar Logo

बाबुराम र जनार्दनको पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक, ७ जनाको निर्देशन समिति

काठमाडौं । बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी (नयाँ शक्ति) पार्टी, माओवादी केन्द्र छोडेका जनार्दन शर्माको प्रगतिशील अभियान र राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारलगायत मिलेर गठन हुन लागेको पार्टीको नाम प्रगतिशिल लोकतान्त्रिक पार्टी हुने भएको छ ।

अहिलेसम्म टुंगो लागेअनुसार प्रगतिशील लोकतान्त्रिक पार्टीको निर्देशन समितिमा ७ जना रहनेछन् । अध्यक्ष मण्डलमा पनि ७ जना रहेन सहमति भएको छ । दुर्गा सोव, सन्तोष परियार, सुदन किराँतीको नाम टुङ्गीएपनि अरुको नाम टुङ्गीन भने बाँकि नै छ ।

त्यसैगरी, केन्द्रीय समिति भने ९९ जनाको हुनेछ । त्यसैगरी, नीति परिषद्मा सात जना र १६५ निर्वाचन क्षेत्रबाट नेतृत्व सम्मिलित हुने गरी अर्को परिषद् गठन गर्ने पनि तयारी भएको छ ।

पार्टी घोषणा र एकता भोली आइतबार बिहान ११ बजे राष्ट्रिय सभा गृहमा कार्यक्रम राखिएको छ।चुनावका लागि यही नाम निर्वाचन आयोगमा दर्ता भइसकेको समेत नेताहरूले बताएका छन्।

चुनाव चिह्न आँखा हुनेछ। बाबुराम भट्टराईले वामपन्थी विचारधारा मान्ने भनेपछि एकताको टुङ्गो लागेको हो ।