कांग्रेसले चुनावमा भाग लिने निर्णय गरेसँगै एक्लियो एमाले
काठमाडौं । नेपाली कांग्रेसले २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
केन्द्रीय समिति बैठक बसेको ४० दिनपछि शनिबार कांग्रेसले निर्वाचनमा जाने औपचारिक निर्णय गरेको हो । बैठकले निर्वाचनमार्फत नै संविधानको रक्षा हुने र जेन–जीका माग पूरा हुने पनि जनाएको छ ।
‘संवत् २०८२ फागुन २१ गते हुने गरी प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिक र संवैधानिक निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै नेपाली कांग्रेस निर्वाचनमा भाग लिने निर्णय गर्दछ । निर्वाचनमार्फत नै संविधानको रक्षा तथा जेन–जेडको चाहनाबमोजिम परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रुप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने हाम्रो दृढ विश्वास रहेको छ’ कांग्रेस बैठकको निर्णयमा भनिएको छ ।
कांग्रेसले निर्वाचन भयरहित वातावरणमा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । उसले भनेको छ, ‘निर्वाचनका लागि भयरहित वातावरण अपरिहार्य छ । तर, हाल हजारौँ कैदीबन्दी फरार रहनु, ठूलो परिणाममा हतियार हराइरहनु, राजनीतिक दलहरुले निर्बाध रुपमा आफ्नो कार्यक्रम सञ्चालन गर्न नपाउनु र निर्वाचनका लागि आवश्यक न्यूनतम अवस्था पनि स्थापित हुन नसक्नु जस्ता यी सबै परिस्थितिहरु अत्यन्त गम्भीर छन् । तत्काल शान्ति सुरक्षामा सुधार ल्याउन, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन तथा आम नागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’
एक्लियो एमाले
उता एमाले भने सरकारबाट बाहिरीनु परेको पिडा अझै भुल्न सकेको छैन । अझ सरकारबाट मात्र बाहिरीएको होइन कि इतिहासमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टरमा ज्यान बचाउन भाग्नु परेको थियो ।
कांग्रेस एमालेको सरकारलाई कसैल तोप हानेपनि नढल्ने गफ दिर्दै आएका ओलीको लागि सत्ता बर्हिगमन अप्रत्यासिच थियो । जुन पिडा सत्ताबाट बाहिरिएको दुई महिना पुरा हुँदा पनि विर्सन सकेको छैन । उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म शक्ति प्रदर्शनलाई निरन्तरता दिने घोषणा गरेका छन् ।
भृकुटीमण्डपमा सभा गर्दै ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म एमालेको सभा जारी रहने बताएका हुन् । ‘यो अन्तिम होइन, सुरुवात हो । यो कुनै भोट माग्नलाई चुनावी सभा गरिएको होइन’ ओलीले भने, ‘देश बचाउन, लोकतन्त्र बचाउन, संविधान बचाउन, जनताको अधिकार बचाउन गरिएको सभा हो ।’
प्रतिनिधिसभा पुनर्स्थापना गराएरै छाड्ने समेत ओलीले दाबी गरे । ‘आगामी दिनमा अझ व्यापक, अझ सशक्त सभा गर्दै जानेछौं, जबसम्म प्रतिनिधिसभाको पुनर्स्थापना हुँदैन’ ओलीले भने, ‘माग राख्नलाई राखिएको माग होइन, यो । पूरा गराउन राखिएको माग हो ।’
तर आजबाट उनको साथ कांग्रेसले छोडेको छ । कांग्रेस चुनावमा भाग लिने भएको छ । उसले सरकारलाई भयरहित चुनावको वातवरण बनाउन भनेको छ ।
प्रतिक्रिया दिनुहोस्: