Bagmati Samachar Logo

अखिल क्रान्तिकारीमा भएका शर्मा समुहका पदाधिकारीले पनि दिएन साथ

काठमाडौँ । अखिल (क्रान्तिकारी) केन्द्रीय पदाधिकारीको चौथोपुर्ण बैठक आज पूर्वमाओवादीको पार्टी कार्यालय पेरिसडाँडामा बसेको छ । पदाधिकारी बैठकमा तत्कालीन उपमहासचिव जनार्दन शर्मा समुहका पदाधिकारीहरु पनि सहभागी भएका छन् ।

माओवादी केन्द्रले नेकपा एस लगायतका दलहरुसँग एकता गरेपछि कार्तिक १८ गते तत्कालीन महासचिव जनार्दन शर्माले प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका थिए । उनले अभियान घोषणा गरेको दिन क्रान्तिकारीका दुई जना पदाधिकारी सहभागी भएका थिए । उक्त घोषणामा सापतित्व उपाध्यक्ष सन्दीप पुनले गरेका थिए । उपमहासचिव जटिल कार्की पनि सहभागी भएका थिए । तर शर्माले सोचे जस्तो क्रान्तिकारीका पदाधिकारीबाट नै साथ पाएनन् । समिति पदाधिकारीमात्र शर्माको अभियानमा जोडिएका छन् ।

क्रान्तिकारीका ३३ जना पदाधिकारीमा पाँच जना पदाधिकारीले मात्र जनार्दन शर्मालाई साथ दिएका छन् । कात्तिक १९ गते माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन हुने भएपछि शर्माले १८ गते नै पत्रकारसम्मेलन गरेर अलगै प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका थिए ।

गत वर्ष असोजमा सुरु भएर माघ १३ गते सम्पन्न भएको क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबाट तत्कालीन शर्मा समुहबाट पदाधिकारीमा बहुमत पदाधिकारी विजयी भएका थिए । क्रान्तिकारीको ३३ जना पदाधिकारीमध्ये शर्मा पक्षका पाँच जना उपाध्यक्ष, महासचिव, सात जना उपमहासचिव, ६ जना सचिव र कोषाध्यक्ष निर्वाचित भएका थिए । संस्थापन पक्षबाट अध्यक्ष सहित चार उपाध्यक्ष, दुई उपमहासचिव र ६ जना सचिव मात्र विजयी भएका थिए ।

प्रगतिशील अभियान घोषणा गरेर माओवादीबाट अलग भएका शर्मालाई हालसम्म उपाध्यक्ष सन्दिप पुन, महासचिव रोशन थापामगर, उपमहासचिवमा निर्मला गौतम र जटिल कार्की र सचिव सम्झना राइले साथ दिने घोषणा गरेका छन् । अन्य सबै पदाधिकारी नेपाली कम्युनिस्ट पार्टीमा नै रहेका छन् ।

सम्मेलनबाट शर्मा पक्षका उपाध्यक्षमासन्दिप पुन, ममता अधिकारी, कृष्ण बहादुर सुनार, उमेश कँडेल र अभिमन्यू यादव विजयी भएका थिए ।

यसैगरी शर्मा समुहका उपमहासचिवमा निर्वाचित हुनेहरू गजेन्द्र यादव (मधेश), निर्मला गौतम (बागमती), भगवान बास्तोला (गण्डकी), रेशम अधिकारी (लुम्बिनी), प्रकाश अधिकारी (कर्णाली), रामचन्द्र भट्ट (सुदूरपश्चिम) र जटिल कार्की (विश्वविद्यालय) बाट थिए ।

शर्मा समुहका सचिव निर्वाचित हुनेमा वीरेन्द्र जिसी, सम्झना राई, समकृति पुन, आर्टिस्ट मोक्तान, अमर मण्डल र युन्छो हाङ माबो थिए ।

क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लगाएपछि पहिलो पटक बारे प्रत्यक्ष निर्वाचन भएको थियो । क्रान्तिकारीमा शर्मा समुहको बर्चश्व थियो ।

अखिल क्रान्तिकारीमा ३३ पदाधिकारी, ४८ सचिवालय र २४३ केन्द्रीय सदस्य रहने व्यवस्था छ ।

अखिल क्रान्तिकारीमा पदाधिकारीहरू
अध्यक्षः विजयप्रकाश सापकोटा
उपाध्यक्षः अटल आचार्य
उपाध्यक्षः मदन ढकाल
उपाध्यक्षः विराज थापा
उपाध्यक्षः दीपा जैशी
उपाध्यक्षः ममता अधिकारी
उपाध्यक्षः सन्दीप पुन
उपाध्यक्षः कृष्णबहादुर सुनार
उपाध्यक्षः अभिमन्यु यादव
उपाध्यक्षः उमेश कंडेल
महासचिवः रोशन थापामगर
उपमहासचिवः विपिन पोखरेल
उपमहासचिवः गजेन्द्र यादव
उपमहासचिवः निर्मला गौतम
उपमहासचिवः भगवान बास्तोला
उपमहासचिवः रेशम अधिकारी
उपमहासचिवः प्रकाश अधिकारी
उपमहासचिवः रामचन्द्र भट्ट
उपमहासचिवः निरोज श्रेष्ठ
उपमहासचिवः जटिल कार्की
सचिवः प्रेम जैशी
सचिवः वीरेन्द्र जिसी
सचिवः शिशिर बस्याल
सचिवः सम्झना राई
सचिवः तिर्सना आलेमगर
सचिवः सम्कृति पुन
सचिवः आर्टिस्ट मोक्तान
सचिवः आशा उपरकोटी
सचिवः अमर मण्डल
सचिवः जीतेन्द्र भण्डारी
सचिवः युन्छो हाङ्ग मावो
सचिवः मिरोज अहम्मद
कोषाध्यक्षः फूलमाया रानामगर

शर्माले घोषणा गरेको अभियानमा पूर्वमाओवादीबाट सचिव राम कार्की र केन्द्रीय सदस्य सुदन किराँतीले साथल दिएका छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग भएका सन्तोष परियारसँग ७ गते पार्टी एकता गर्ने घोषणा गरेका छन् ।