प्रधानमन्त्री कार्कीलाई ओलीले भने – अनाडी , संसद विघटनलाई संविधानले चिन्दैन
काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई अनाडीको संज्ञा दिएका छन् । विघटित प्रतिनिधिसभामा एमालेबाट प्रतिनिधित्व गरेका नेताहरूसँगको छलफललाई सम्बोधन गर्दै ओलीले संविधानबाहिरबाट नियुक्त भएको अनाडी प्रधानमन्त्रीले असंवैधानिक रूपमा संसद विघटनको सिफारिस गरेको आरोप लगाए ।
उनले मन्त्रिपरिषद्समेत गठन नगरी संसद विघटनको सिफारिस गरिनु आफैँमा असंवैधानिक भएको बताए । उनले नेपाललाई अराजक स्थितिमा लानका लागि यी सबै कामहरू भएका दाबी गरे ।
ओलीले संसद विघटनको सिफारिस अनाधिकृत रहेको दाबी गर्दै यसलाई संविधानको कुनै धाराले नचिन्ने बताए । उनले अगाडि भने, ‘राष्ट्रपतिका अगाडि कुनै बाध्यता आइपर्यो होला । परिस्थितिको दबाब पर्यो होला । तर संविधानसम्मत भएन । गर्नसक्नुभएन । तसर्थ यो विघटन संविधानविपरीत छ ।
प्रतिक्रिया दिनुहोस्: