Bagmati Samachar Logo

जनकपुरविरुद्व फिल्डिङ गर्दै काठमाण्डू

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल०को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाण्डू गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सविरुद्व पहिला फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाण्डूका कप्तान करण केसीले टस जितेर फिल्डिङको निर्णय लिए ।

जनकपुर जितका साथ उपाधि रक्षा अभियान सुरु गर्न चाहन्छ । काठमाण्डू पनि सुखद सुरुवातको लक्ष्यमा छ ।

पहिलो संस्कणमा जनकपुरले काठमाण्डूविरुद्व पाँच विकेटको जित निकालेको थियो ।