Bagmati Samachar Logo

रास्वपा छोडेका सन्तोष परियार जनार्दन शर्माको अभियानमा जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नेता सन्तोष परियारले पार्टी छोडेका छन् ।

उनले पार्टीमा आन्तरिक कलह व्याप्त भएको भन्दै आज पार्टी छोडेको घोषणा गरेको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार उनले कार्यवाहक अध्यक्ष डीपी अर्याललाई राजीनामा पत्र बुझाएका छन् ।

प्रतिनिधिसभामा रास्वपाको तर्फबाट प्रमुख सचेतक भएका परियार पार्टीमा सचिवालय सदस्यको जिम्मेवारीमा रहेका थिए ।

रास्वपा परित्याग गरेका सन्तोष परियार जनार्दन शर्माले सुरु गरेको ‘प्रगतिशील राष्ट्रिय अभियान’मा लाग्ने भएका छन् ।

परियारले शर्माको अभियानमा जोडिनका लागि रास्वपा परित्याग गरेको स्रोतले जनाएको छ ।

परियारले पार्टीमा आन्तरिक कहल व्याप्त भएको भन्दै आजै रास्वपा छोडेका छन् । प्रतिनिधिसभामा रास्वपाको तर्फबाट प्रमुख सचेतक भएका परियार पार्टीमा सचिवालय सदस्यको जिम्मेवारीमा रहेका थिए ।