एमाले केन्द्रीय सदस्य शाह नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाशबहादुर शाह नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
बुधबार राष्ट्रिय सभागृहमा आयोजित भीम रावल लगायतका नेताहरु पार्टीमा समाहित हुने कार्यक्रममा शाह पनि प्रवेश गरेका हुन्।
शाह २०७४ को चुनावमा बाजुराबाट प्रदेश सांसद जितेर सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला, आर्थिक योजना मन्त्रीसमेत बनेका थिए।
बाजुराका नेता शाह एमालेले भीम रावललाई कारबाही गरेपछि निस्क्रिय बसेका थिए।
आजबाट उनी नेकपाको नेता बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्: