Bagmati Samachar Logo

पदभार ग्रहण गरेकै दिन कामचलाउ भए मधेसका मुख्यमन्त्री

काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिएको छ ।

मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मुख्यमन्त्री यादवलाई मधेस प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश गरेको हो ।

उनले झडपका बीच आजै कार्यभार ग्रहण गरेका थिए । सोमबार मात्र होटलमा मुख्यमन्त्रीको शपथ खाएका थिए ।