Bagmati Samachar Logo

दुर्गा प्रसाईंले भने– मेरो कारणले देश बिग्रिएको हो भने म देश छोड्‌न तयार छु

काठमाडौं । दुर्गा प्रसाईंले आफ्नो कारणले देश बिग्रिएको भए आफू देश छोड्न तयार रहेको बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले त्यस्तो बताएका छन् ।

उनले भने, ‘दुर्गा तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भन्नुहुन्छ भने म रेडी, म जान तयार छु । मलाई लोभ छैन । मलाई केही चाहिँदैन ।’

कार्यक्रममा उनले आफू सुध्रिन तयार भएको बताएका छन् । आफू २०५७ सालदेखि नेकपा माओवादीहुँदै एमाले र अहिले यहाँसम्म आइपुगेको चर्चा गर्दै जानेर नजानेर जेजे गरे पनि अब सुध्रिएर देश बनाउन लाग्नुपर्ने बताएका हुन् ।

उनले थपे, ुहिजो जे भयो–भयो, आफैंले बाटो बिर्सियौँ । सबैले भुल्यौँ । अब त कमसेकम देश जोगाऔँ, देश भुंग्रोमा गएको छ, त्यसलाई उठाएर कमसेकम न्यानो ठाउँमा लैजाऔंँ । मान्छेले न्यानोपन खोजेको छ । अब यसमा सुध्रिन पर्नेछ ।’

प्रसाईंले सो अवसरमा आफू ‘रेण्डम टाइपको मान्छे’ भएको भन्दै आफ्नोबारे मूलधारका मिडियाले कहिल्यै राम्रो नलेखेको गुनासो पनि गरे । भने, ुमेन स्ट्रिमको मिडियाले त मलाई कहिल्यै राम्रो लेखेनन् नि, कहिल्यै लेखेनन् ।’