Bagmati Samachar Logo

कैलालीमा नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनीसहित तीन बालिकाको मृत्यु

काठमाडौं । कैलालीमा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो जानकी गाउँपालिका १ को रानी जमरा कुलरिया सिचाइ आयोजनाको नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनी सहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले लम्कीचुहा नगरपालिका ३ बस्ने १२ वर्षीय डम्मरा उपाध्याय,जानकी गाउँपालिका १ बस्ने १० वर्षीया मानसी बजगाई र निशा बजगाईको मृत्यु भएको बताए। बजगाई जुम्ल्याहा दिदीबहिनी हुन्।

नहरमा डुबेको अवस्थामा उद्दार गरेर टीकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको उनले बताए।