गायक बाबुल गिरीविरूद्ध नितु पौडेलको परिवारले दियो आत्महत्या दुरुत्साहन जाहेरी
काठमाडौं । अनामनगरस्थित गायक बाबुल गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी गायक नितु पौडेलको उपचार क्रममा मृत्यु भएको छ । आज बिहान बिहान कीर्तिपुर बर्न अस्पतालमा उपचार क्रममा मृत्यु भएपछि उनको परिवारले स्टुडियो सञ्चालक गिरीविरूद्ध जाहेरी दिएको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार बाबुलविरूद्ध आत्महत्या दुरूत्साहनमा जाहेरी परेको हो।
नितुको शुक्रबार बिहान कीर्तिपुर बर्न अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो ।
नितुले यहि कार्तिक १ गते शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आफैमाथि आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन्। त्यहाँबाट उनलाई उद्धार गरेर बर्न अस्पताल लगिएको थियो।
गायिका नितु पौडेल र संगीतकार बाबुल गिरी ९धनबहादुर० झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । अनामनगरस्थित स्टुडियोमा केही दिनअघि आत्मदाह प्रयास गरेकी नितुको शुक्रबार उपचारको क्रममा मृत्यु भएको छ ।
बाबुलको स्टुडियोको तलपट्टी नितुको डुर्बिना क्याफे छ । चिया पसल चलाउनेदेखि उनले संगीत करिअरलाई पनि अघि बढाउँदै आएकी थिइन् । उनीहरूको प्रेम सम्बन्धबारे पछिल्लो समय संगीत क्षेत्रका अधिकांश जानकारजस्तै थिए ।
प्रतिक्रिया दिनुहोस्: