मैले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गरेको पत्र प्रचण्डले निकालिदिए हुन्छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गरेको पत्र भए सार्वजनिक गर्न माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिएका छन् । उनले आफूले संविधानभित्रै रहेर संसद राखेरै विकल्प खोज्न राष्ट्रपतिसमक्ष भनेको समेत जिकिर गरेका छन् । उनले लेखेको पत्रको आशयसमेत सम्पादक संवाद कार्यक्रममा सार्वजनिक गरेका छन् ।
उनले आफूले संसद कायम राख्नुपर्ने तर, प्रधानमन्त्री बन्नका लागि सांसद भएकै व्यक्ति हुनुपर्ने अडान चाहिँ नगरेको बताएका छन् । ‘प्रचण्डजीले भयानक झुटो कुरा बोल्नुभयो । उहाँले म प्रति विशेष नै माया गर्नुहुन्छ तपाईंहरूलाई थाहै छ नि,’ ओलीले भने, ‘उहाँले भने जस्तो पत्र लेख्या रैछ भने त निस्किन्छ नि एक दिन । एक प्रति राष्ट्रपति कार्यलयमा छ नि । निस्किएला नि एक दिन ।’
उनले राष्ट्रपति संविधानको रक्षक र पालक भएको हुनाले संविधानभित्रबाट अहिलेको परिस्थितिको आवश्यक निकासका लागि सिफारिस गर्ने आशयको पत्र भएको समेत बताए । उनले यो दुई दिनको लिला भएको समेत तर्क रे । भने, ‘कठपुतली सरकारलाई कसले चलाएको छ थाहा छैन र ?’
प्रतिक्रिया दिनुहोस्: