हाकिम सापको निर्देशनमा चलिरहेको छ यो सरकार : ओली
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार एक जना हाकिम सापको निर्देशनमा चलिरहेको बताएका छन् । आइतबार सम्पादकहरूसँगको संवादका क्रममा ओलीले हाकिमले निर्देशन दिएका आधारमा सरकार चलिरहेको बताए ।
तर, ती हाकिम को हुन् भनेर ओलीले भनेन् , यसबारे पत्रकारले सोधेको प्रतिप्रश्नमा पनि उनले त्यसबारे थप खोजी गर्ने जिम्मा पत्रकारलाई छोडिदिए ।
उनले भने, ‘त्यो सिम्बोलिक कुरा हो । मैले जानकारी तपाईंहरूलाई दिएँ । अलिअलि त खोजी पनि गर्नुपर्यो नि ।’
ओलीले आफ्नो सुरक्षा कटौती गरेको विषयमा पनि हाकिम सापको निर्देशनले काम गरेको आरोप लगाए । उनले भने, ‘मलाई मार्छु भनिरहेका छन्, सरकार सुरक्षा कटौती गरिरहेको छ । हाकिम साुपको सुरक्षा बढाइरहेको छ । वडाध्यक्षको सुरक्षा बढाइरहेको छ।’
ओलीले हाकिम भनेर काठमाडौंका मेयर बालेन शाहलाई इंगित गरेको अनुमान गरिएको छ । बालेनले जेन–जी आन्दोलनकारीलाई सेनासँग वार्ता गर्न तयार रहनू भन्दै त्यसअघि संसद विघटन भएको हुनुपर्ने बताएका थिए । त्यसपछि उनले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई दबाब दिएको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्: