एक जना ब्यक्ति दुई कार्यकाल मात्र प्रधानमन्त्री हुन पाउने व्यवस्था गरौँ : निरज आचार्य
काठमाडाैं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य निरज आचार्यले एक जना व्यक्तिलाई दुई पटकमात्र प्रधानमन्त्री हुन पाउने व्यवस्था पार्टीको विधानमा नै गरेर जानु पर्ने बताएका छन् । उनले बैठकमा आफ्नो लिखित प्रस्ताव राखेका छन् । उनले भनेका छन्, ‘विशिष्ठ अवस्था बाहेक एक जना ब्यक्ति दुई कार्यकाल मात्र प्रधानमन्त्री हुन पाउने, दुई पटक सम्म मात्र मन्त्री हुन पाउने, चार पटक सम्म मात्र सांसद उम्मेदवार हुन पाउने, दुई पटक सम्म पालीका प्रमुख÷उपप्रमुख वा वडा अध्यक्षको उमेद्वार हुन पाउने ब्यवस्था गर्ने ।’
आचार्यले राष्ट्रपति, उपराष्ट्रपति,सभामुख,उप सभामुख,राष्ट्रिय सभाको अध्यक्ष, राष्ट्रिय सभाको उपाध्यक्ष, प्रदेश प्रमुख, राजदुत भईसकेका ब्यक्तिहरु पार्टीको कार्यकारी भुमिकाम नफर्कने ब्यवस्था गर्नु पर्ने बताएका छन् ।
राष्ट्रियता, लोकतन्त्र र शान्तिका लागि देशभक्त , वामपन्थी र लोकतान्त्रिक शक्तिहरूले साझा एजेन्डासहित आन्दोलनको घोषणा गर्नुपर्छ । यसको पहल र नेतृत्व नेकपा (एमाले) ले लिनु पर्ने बताएका छन् ।
१. वर्तमान अवस्था
यतिबेला हामी इतिहासको सबैभन्दा कठिन मोडमा छौं । जेन–जेड पुस्ताले सुशासन, भ्रष्टाचारको अन्त्य, सामाजिक न्याय र सामाजिक सञ्जालको प्रयोग लगायतका मुद्दामा केन्द्रित भएर सञ्चालन गर्न खोजेको शान्तिपूर्ण आन्दोलन हाइज्याक भई भदौ २३ गते बानेश्वरमा अबोध युवाहरूको हत्या, भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, संसद भवन, होटल, उद्योगहरू र अधिकांश नेताहरूका घरहरूमा आगजनी, तोडफोड र लुटपाटको देशभर महासंग्राम भयो, जहाँ राज्यको कन्तविजोग प्रष्ट देखियो । जेन–जेडहरूको आन्दोलन एकपछि अर्को हाइज्याक हुँदै नेपाल राष्ट्र र संघीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध प्रयोग मात्र होइन देशले हाल सम्म अँंगाली रहेको परराष्ट्र नीतित पनि खारेजहुने अवस्थामा छ । यसलाई शक्ति केन्द्रहरूले षड्यान्त्र पूर्वक मोहडा बनाए । कहिल्यै पनि पराधीन हुन नपरेको नेपाललाई प्रयोगशालामा परिनत भएको छ ।
२३ गते विहान ११ वजे देखी १ वजे सम्मको जेन–जेड पुस्ताले शुरु गरेको शान्तिपूर्ण प्रर्दशन २ वजे पछी संसद भवनमा हमला र गोलिकाण्डको रचना र २४ गतेको हिंसा, आगजनी र लुटपाट लाई तीन ओटा स्टेपहरुबाट हेर्दा नेपालको राजनीतिक इतिहासको सबैभन्दा भयानक, अस्वाभाविक, अकल्पनीय र षड्यन्त्रपूर्ण हिंसा हो यो ।
यत्रो भयानक घटनाको नेतृत्व कसले ग¥यो ? उद्देश्य के थियो ? केही आसंकाहरु रहेपनि प्रश्न अझै पनि अनुत्तरित छ । के त्यसको उद्देश्य केपी ओली नेतृत्वको सरकार अपदस्त गर्ने, संसद विघटन गर्ने, सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउने र फागुनमा मध्यावधि निर्वाचन गराउने मात्र हो ? वा अझै नेपाल राष्ट्रविरुद्ध योभन्दा ठूलो भयानक षड्यन्त्रको तयारी हुँदैछरु सहज अनमान गर्न सकिन्छ की भयानक षड्यन्त्रको तयारी जारी छ, राष्ट्रका विरुद्ध बैरीहरू सक्रिय छन् । हामी केगर्ने भन्ने निष्कर्षमा पुग्नु पहिला यो क्रान्ति हो की प्रति क्रन्ति ? यसमा प्रष्ट दृष्टिकोण बनाउनु पर्दछ । माथि उल्लेखीत तथ्य र हिंसाको स्वरुपवाट प्रष्ट हुन्छ यो क्रान्ति हुनै सक्दैन प्रतिक्रान्ति हो । देशका विरुद्धको भयानक षड्यन्त्र हो । प्रतिक्रान्तिलाई परास्त गर्दै जनताका अधिकारको रक्षा, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र बहाल गर्न जनदवाफ र आन्दोलनको कार्यदिशा तय गर्नु पर्दछ ।
निकासका लागि अबको बाटो
भदौ २३ र २४ गतेका हत्या र लुटपाटका घटनाको निष्पक्ष र न्यायिक छानबिनका लागि उच्चस्तरीय आयोग गठन हुनुपर्द छ । (कार्की आयोगलेकाम गर्न सक्दैन, यो षड्यन्त्रको मतियार हो)
भदौ २३ र २४ का घटनाहरूको जाँचबुझ गर्न, हत्या, आगजनी, तोडफोड र लुटका योजनाकार र नेतृत्वकर्ताको संलग्नता पहिचान गर्न, प्रमाणहरू संकलन गर्न र कारबाहीको सिफारिस गर्न पार्टीको तर्फबाट एउटा छरितो जाँचबुझ आयोग बनाइनु पर्छ । उक्त आयोगले ३५ दिनभित्र प्रतिवेदन सार्वजनिक गर्नुपर्दछ ।
राष्ट्रियता, लोकतन्त्र र शान्तिका लागि देशभक्त , वामपन्थी र लोकतान्त्रिक शक्तिहरूले साझा एजेन्डासहित आन्दोलनको घोषणा गर्नुपर्छ । यसको पहल र नेतृत्व नेकपा (एमाले) ले लिनुपर्दछ ।
वर्तमान संकटको निकासको रोडम्याप ः पहिलो स्टप ः संसद पुनःस्थापनालाई निकासको प्रस्थान विन्दु बनाउने ,
दोस्रो स्टेप ः सर्वदलीय र सर्व पक्षिय संयुक्त सरकार ,
तेस्रो स्टेप ः पुनःस्थापित संसदले दलहरूको साझा सहमतिमा संविधानमा आवश्यक संशोधन गर्ने, विश्वसनीय परिस्थिति बनाएर नयाँ निर्वाचन सम्पन्न गरि निकास दिने । यो नै उपयुक्त विकल्प हुन सक्छ ।
यदि सरकारले प्रहरीको लुटिएको हतियार, गोली र युनिफर्म फिर्ता गराएर शान्ति–सुरक्षाको प्रत्याभूति दिलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तरिकाले निर्वाचनको वातावरण बनाउन सक्यो भने, निर्वाचनमा जाने विकल्पलाई खुला राखेर अघि बढ्न सकिन्छ ।
२.पार्टीको आन्तरिक जीवन सम्बन्धमा
भदौ २३ र २४ गते जेन–जेड समूहका नाममा गरिएको हिंसात्मक गतिविधि र उत्पन्न परिस्थितिपछि पार्टी कसरी अगाडि बढ्ने भन्ने विषयमा कमरेडहरूको विभिन्न मत आएका छन्। पार्टी कार्यकर्ता पङ्क्तिबाट प्रश्नहरू उठेका छन् । राष्ट्र संकटमा परेको, राजनीतिक प्रणाली र संविधानमाथि ठाडो हस्तक्षेप भएको, दल र दलीय प्रणालीको अस्तित्व रक्षाका लागि देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई साथमा लिएर एकताबद्ध भएर लड्नुपर्ने अवस्थामा आफ्नो दलभित्रको एकता अनिवार्य हुन्छ । गौडा कुरेर पार्टी पुनरगठन हुन सक्तैन । नेकपा (एमाले) सुसङ्गठित पार्टी हो । भदौ २०–२२ मा दोस्रो विधान महाधिवेशन सर्वसम्मतरूपमा सम्पन्न गरिसकेका छौं । यही मर्मअनुसार भव्य रूपमा पार्टीको ११औँ महाधिवेशन गरौं । महाधिवेशनले पुनर्गठन मात्र होइन, नयाँ केन्द्रीय समिति नै निर्वाचित गर्नेछ । प्रतिनिधिहरूले आफूले चाहेको नेतृत्व छनोट गर्नेछन् । यो पार्टीको विधिसम्मत प्रक्रिया हो, जुन सबैका लागि सर्वस्वीकार्य हुनेछ । हुनु पर्दछ ।
कमिटी प्रणालीमा तीन पुस्ताको संयोजन
नेकपा (एमाले) लामो इतिहास बोको समाजको गतिशिल क्रान्तीकारी पार्टी हो । यो देशको नेतृत्व दायि पार्टी भएको हुनले यो पार्टी निर्माणमा तीन पुस्ताको संयोजन हुनुपर्दछ । १८ देखि २८ वर्ष, २८ देखि ४८ वर्ष, र ४८ वर्ष माथिका उमेर समूहका कार्यकर्ताको संयोजन आवश्यक छ । पार्टीको संगठनात्मक संरचनामा यी तीनै पुस्ताको सन्तुलित सहभागिता सुनिश्चित गर्नुपर्छ । यसलाई पार्टी महाधिवेशनबाट व्यवस्थित गर्नुपर्दछ ।
कमिटी प्रर्णालीमा युवा सहभागीता
४० वर्ष मुनिका युवालाई पार्टी कमिटीमा समावेश गर्न टोलःबुथ कमिटीमा ५०, वडा कमिटीमा ४०, पालिका कमिटीमा ३०, प्रदेश कमिटीमा २० र केन्द्रीय कमिटीमा १० प्रतिशतले सहभागी गराउनुपर्दछ । यसले पार्टीको निर्णय प्रक्रियामा युवा सहभागिताको सुनिश्चितता र संगठनात्मक संरचनामा अर्थपूर्ण सहभागिता हुन्छ । उमेर सहुहका हिसावले मात्र भन्नु पर्दा माथि उल्लेख गरिएको तिन उमेर समुह १८—२८ को उमेर समुहवाट १० प्रतिसत, २८—४८ को उमेर समुह वाट ५० प्रतिसत र ४८ माथिको उमेर समुहवाट ४० प्रतिसत कमिटी प्रणाली मा सहभागतिा गराउनु पर्दछ ।
पार्टीमा ईन्ट्री र एग्जिट व्यवस्था
हामीले अन्य देशका ठुलो संगठनात्मक संरचना भएका पार्टीहरुको उदाहरण हेरौँ । हाम्रै छिमेकमा रहेको विशाल चीनको नेतृत्व गरिरहेको चिनियाँ कम्युनिष्ट पार्टी र भारतको नेतृत्व गरिरहेको बिजेपीको संगठनको संरचना भित्र पनि कार्यकर्ताको ईन्ट्रि र एग्जिट को अभ्यास हेर्न सक्छौँ । हामीले अवलम्बन गरेको संगठनात्मक संरचना भित्र ईन्ट्रिको राम्रो प्रबन्ध गरेका छौँ तर एग्जिटको व्यवस्था नहुँदा अन्यौल जस्तो देखिन्छ । सधैँ नयाँ पुस्ताले प्रश्न गरिरहन्छ के पार्टीमा लागेका सबै कार्यकर्ता आजीवन पदमा बसिरहन मिल्छ ? भन्ने प्रश्नहरु नयाँ पुसताले गरिरहन्छ ।
कार्यकर्ताको मुल्याङ्कनको चुस्त विधि बनाउनु पर्दछ । उसको सकृयता, ज्ञान, र योग्यताका आधारमा विकास, बढुवा र कामको क्षेत्र परिवर्तन वा एग्जिट हुने संरचनात्मक विकास गर्नुपर्दछ ।
एक्जिटका लागी यसरी पनि जान सक्छौँ
विशिष्ठ अवस्था बाहेक एक जना ब्यक्ति दुई कार्यकाल मात्र प्रधानमन्त्री हुन पाउने, दुई पटक सम्म मात्र मन्त्री हुन पाउने, चार पटक सम्म मात्र सांसद उम्मेदवार हुन पाउने, दुई पटक सम्म पालीका प्रमुख÷उपप्रमुख वा वडा अध्यक्षको उमेद्वार हुन पाउने ब्यवस्था गर्ने ।
राष्ट्रपति, उपराष्ट्रपति,सभामुख,उप सभामुख,राष्ट्रिय सभाको अध्यक्ष, राष्ट्रिय सभाको उपाध्यक्ष, प्रदेश प्रमुख, राजदुत भईसकेका ब्यक्तिहरु पार्टीको कार्यकारी भुमिकाम नफर्कने ब्यवस्था गर्ने ।
पार्टी संगठनको संरचनामा होस् या राजकीय संरचनामा, आरक्षणको अवसर एकजना ब्यक्तिलाई एक पटकका लागी मात्र उपलब्ध गराउनु पर्दछ । धेरैलाई नछुटाउने कसैलाई नदोह्र्याउने नीति व्यवहारमा लागु गर्ने । यो नेता कार्यकर्ताको एक्जिटको ब्यवहारीक तरीका हो ।
३. आर्थिक पारदर्शिता ःपार्टीका पदाधिकारी सहित केन्द्रीय कमिटकाका सदस्यहहरुको सम्पतिविवरण सर्वजनिक गर्नै, (पार्टीको वयवसाईडमा राखिदिने)
प्रतिक्रिया दिनुहोस्: