Bagmati Samachar Logo

एमाले केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले ओलीमाथि उठाएका १० प्रश्न

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले जारी केन्द्रीय कमिटी बैठकमा नेतृत्वमाथि १० प्रश्न उठाएकी छन् ।

तिमिल्सिनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि १० प्रश्न उठाउँदै उनी अभिभावक बनेर बस्नेबित्तिकै देशभर सकारात्मक सन्देश जाने बताइन् ।

यस्तो छन् उनले केन्द्रीय कमिटीमा पेस गरेका १० बुँदा

१. विध्वंस, विनाश र वियोगान्त पछिको पछिको केन्द्रीय कमिटीमा छौँ, तर यहाँ त हामी नेतृत्वका प्रमुख व्यक्तिहरू सफल छन् भनिरहेका छौँ। उसो भए अहिले असफल भएको चाहिँ को हो ? अस्तिभर्खर स( साना नानीहरूको कत्लेआम भयो। खर्बौँको सार्वजनिक र निजी सम्पत्तिमा आगलागी भयो। ती सबैको नैतिक जिम्मा कसले लिने हो ? गोली हान्ने प्रहरीको हवलदारले लिने हो कि प्रहरीलाई भागीदार बनाउने हो ? वा यसको नैतिक जिम्मेवार तत्कालको प्राधिकारको हुन्छ कमरेड ?

२. यतिखेर हामी कुन ऋयलकउष्चबअथ को कुरा गरिरहेका छौँरु कुन कुन वैदेशिक निकायहरू हुन् नेकपा एमाले विरुद्ध लागेकारु के हामी तिनलाई किटान गर्न सक्छौरु के कुनै एम्बेसीका अधिकारीहरू बोलाएर कुरा गर्न सक्छौँरु

३. कमरेड ओली यो पार्टीको अध्यक्ष हुनु भएको ११ वर्ष भयो । यो ११ वर्षमा भएका अभ्यासहरूले हामीलाई, बाम आन्दोलन र सिङ्गो कम्युनिस्ट आन्दोलनलाई कता पुर्‍यायोरु नेकपा गठन एउटा महत्त्वपूर्ण कडी थियो तर त्यसलाई हामीले कस्ता( कस्ता अभ्यास र कस्ता ध्वंशकारी अभ्यास गर्‍यौंरु एक पल्ट सम्झिऊँ , नागरिकहरूमा निराशा त्यहीँबाट सुरु भएको हो । ःबकक ाचगकतचबतष्यल छ र थियो। स्विकारौं।

४. एक पल्ट यो पनि सम्झिऊँ सुर्य चिन्हमा चुनाव को को र कस्ता प्रतिगामीहरू उठेरु दुर्गा प्रसाईँजस्ता चरम अराजक, प्रतिगामीलाई कसले माला लगाएर पार्टीमा भित्र्यायोरु

५. तिनको जिम्मेवारी कसले लिने होरु प्रसाईँलाई भित्र्याउँद‌ै गर्दा को(को कमरेडहरूको राजनीतिक जीवनको कत्लेआम गरियो, त्यसका बारे यहाँ कसैले (कसैलाई जवाफ दिनु पर्दैनरु आत्मालोचना गर्नु पर्दैन रु

६.२०७९ को निर्वाचन पछाडि सक्किने की सच्चिने भन्ने बहस चर्चामा थियो । आज अस्तिको भदौ २३र२४ पछाडि देश सक्किनेको सीमा कहाँसम्म हो भन्ने प्रश्न खडा भएको छ । यो न्भल श आन्दोलनको एउटा जबरजस्त माग पार्टीका टेस्टेड नेतृत्व र पुस्ताले बिदा लेउ भन्ने न‌ै हो। त्यसलाई अनदेखा गर्न अब सकिन्न ।

७. हरेक समयमा देशको एउटा कार्यभार हुन्छ । आजको नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन हो । त्यसका लागि एमालेको पुनर्गठन महत्त्वपूर्ण छ । कांग्रेसमा त्यो सुरु भइसक्यो। अब अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छ । यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै सकिँदैन । यहाँले बिदा लिएर अभिभावक बन्ने बित्तिकै देशभर सकारात्मक सन्देश जानेछ कमरेड ओली ।

८. देशमा बरबादी छ, काम चलाऊ सरकार छ । संविधान सङ्कटमा छ। छिटोभन्दा छिटो संविधानलाई तचबअप ९बाटोमा० ल्याउनु छ । त्यसैले अब संसद्को पुनर्स्थापना होइन, निर्वाचनमा जानु पर्छ। यो समाजका अधिकांश स्टेकहोल्डरहरुले संसद् पुनर्स्थापना हुन पर्छ भनेर भनेको छैन, अतः हामी चुनावमा केन्द्रित हुन आवश्यक छ। तत्कालै नयाँ नयाँ नेतृत्वमा हामी चुनावमा गयौँ एमाले खरानी टकटक्याएर बौरनेछ।

. अन्यथा नलिनु होला ( मिवबहादुर गुंरुगंको सम्पत्ती माथि हमला भयो , क्षती भयो , त्यसैले सहयोग धष्तजमचबध गर्ने निर्णय गरौँ ।

१०. कमरेडहरु , राष्ट्र र पार्टीको जीवनमा एउटा महादुःस्वप्न ९बिग नाइटमेयर० थियो भदौ २४। त्यसबाट पनि हामीले चेतेनौँ भने इतिहासले हामीलाई धिक्कार्नेछ। एक जना व्यक्तिको महत्त्वाकाङ्क्षाका लागि सिङ्गो पार्टीको विकाश र प्रगति अवरुद्ध पार्न हुँदैन। एमालेजस्तो लामो र गौरवपूर्ण इतिहास भएको पार्टी प्रतिक्रियात्मक हुन मिल्दैन। यो सङ्गठन जति जिम्मेवार र गम्भीर हुन्छ, आगामी राजनीति त्यस्तै हुन्छ । म जिम्मेवार निर्णय लिन नेतृत्वलाई विनम्रतापूर्वक आग्रह र अनुरोध गर्दछु ।