Bagmati Samachar Logo

एमाले बैठकमा विद्या भण्डारीको सदस्यता के हुन्छ भन्दै उठ्यो प्रश्न

काठमाडौँ । बुधबारबाट सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको पहिलो दिन ५० जना सदस्यले धारणा राखेका छन् । धारणा राख्ने नेताहरुले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता के हुन्छ भनेर समेत जिज्ञासा राखेका छन् ।

यसरी कुरा उठाउनेमा नेताहरू सरिता न्यौपाने,  शर्मिला कार्की, सोम मिश्रलगायत थिए । उनीहरूले पार्टी अध्यक्षले एकीकृत समाजवादीलगायत दल र एमालेबाट बाहिर रहेका व्यक्तिहरूलाई आफ्नो घर (एमाले) मा फर्किन आह्वान गरिरहँदा पूर्वउपाध्यक्ष विद्या भण्डारीलाई किन रोकिएको भनेर प्रश्न गरेका थिए ।

ललितपुरमा बसेको बैठकको पहिलो दिन अध्यक्ष केपी ओलीको विशेष प्रस्तावमाथि ५० जना सदस्यले धारणा राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

धारणा राख्ने सदस्यहरूले जेनजी आन्दोलनका क्रममा भएका घटना, अन्तरिम सरकार गठनको प्रक्रियाका साथै संसद् विघटनका विषयमा आवश्यक सुझावहरू दिएको गौतमको भनाइ छ ।