Bagmati Samachar Logo

एमालेको ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ सम्म पोखरामा गर्ने प्रस्ताव

काठमाडौँ । नेकपा एमालेले ११ औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म कास्कीको पोखरामा गर्ने प्रस्ताव गरेको छ । पार्टीको बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा विशेष प्रस्ताव पेस गर्दै अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७, २८ र २९ गते विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

यसअघि बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार एमालेले केन्द्रीय समिति बैठकबाट मिति प्रस्ताव गरेको हो।

अध्यक्ष ओलीले केन्द्रीय समितिमा पेस गरेको राजनीतिक प्रस्तावमा ११ औं महाधिवेशन मिति र स्थानबारे उल्लेख छ।