केन्द्रीय कमिटी बैठकमा ओलीको विशेष प्रस्ताव : प्रतिनिधिसभा तत्काल पुनर्स्थापना हुनुपर्छ
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा तत्काल पुनर्स्थापना हुनुपर्ने बताएका छन् । बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा विशेष प्रस्ताव पेस गर्दै ओलीले उक्त प्रस्ताव पेश गरेका हुन् । संसद अलोकतान्त्रिक ढंगले विघटन गर्ने काम भएको समेत प्रस्तावमा छ ।
‘मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति’ शीर्षकको विशेष प्रस्तावमा भनिएको छ, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक छ । यसले मुलुकलाई निर्वाचित जनप्रतिनिधि निकाय विहीन अवस्थामा पुऱ्याएको छ र राजनीतिक रिक्तताको स्थिति सिर्जना गरेको छ । यसले जनतामा निहित सार्वभौमसत्तालाई कमजोर बनाएको छ र लोकतन्त्र विरोधी शक्तिहरूलाई उत्साहित तुल्याएको छ। हाम्रो पार्टी असंवैधानिक र अलोकतान्त्रिक ढङ्गले गरिएको प्रतिनिधिसभा विघटनप्रति आपत्ति व्यक्त गर्दछ र विघटित प्रतिनिधि सभा तत्काल पुनर्स्थापना हुनुपर्दछ भन्ने कुरामा जोड दिन चाहन्छ ।’


प्रतिक्रिया दिनुहोस्: