Bagmati Samachar Logo

टीओबीको टिसर्ट लगाएर पेस्तोल देखाउने युवक प्रहरीको सम्पर्कमा पुगे

काठमाडौं । जेन जी प्रदर्शनका बेला ‘टीओबी’ लेखिएको टि–सर्ट लगाएर पेस्तोल देखाउँदै हिँडेका युवा प्रहरीको सम्पर्कमा पुगेका छन् ।

काठमाडौंको बिजुलीबजारस्थित पुलमा ‘पेस्तोल’सहितको भिडियो बोकेका युवाहरूको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रहरीले अनुसन्धान गरिरहेकै बेला पेस्तोल बोकेका युवा तेन्जेन दावा आफैँ प्रहरीको सम्पर्कमा आएका हुन् । प्रहरीसँगको सोधपुछमा उनले उक्त पेस्तोल नक्कली भएको बताएका छन् ।

‘उसले नक्कली हो भनिरहेको छ । हामीले थप अनुसन्धान गरिरहेका छौँ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।

आन्दोलनमा टीओबीको टिसर्ट र ज्याकेट लगाएका मानिसहरूको भूमिका रहस्यमय रहेको भन्दै चर्चा भइरहेको छ ।