यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
काठमाडौं । आईसीसी टी(२० विश्वकप एसिया एण्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ ।
ओमानको अल अमारेत ग्राण्डमा हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
खेल नेपाली समयअनुसार सवा ४ बजेबाट सुरु भएको छ ।
युएईविरुद्ध खेल्ने नेपालको टोलीमा यसअघिकै खेलाडी सहभागी छन्। पहिलो रोजाइमा कुनै परिवर्तन गरिएको छैन । समूह चरणमा जापानविरुद्ध खेलेको नेपाली टोली नै युएई विरुद्ध मैदान उत्रेको छ ।

प्रतिक्रिया दिनुहोस्: