Bagmati Samachar Logo

प्रचण्डको प्रश्न– हामीलाई बचाउने सेनाले सिंहदरबार–अदालत किन बचाएन ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली सेनाले सिंहदरबार–अदालत जोगाएकोमा प्रश्न उठाएका छन् । शुक्रबार सम्पादकहरूसँगको संवादमा प्रचण्डले भने, ‘हामीलाई बचायो कसले ? आखिर सेनाले बचायो । तर, हामीलाई बचाउने सेनाले सिंहदरबार, अदालत किन बचाएन भन्ने लाग्छ ।’

उनले २३ भदौको आन्दोलन आन्तरिक कारणले भए पनि भोलिपल्ट २४ भदौको आन्दोलनमा विदेशी शक्ति हावी भएको आरोप लगाएका छन् ।

प्रचण्डले भूराजनीतिक चलखेल तीव्र भएको बताएका छन् । उनले भने, ‘हामी भूराजनीतिक कारण बचेका भए पनि, भूराजनीतिक कारणले नै विध्वंस भएको हो ।’

प्रचण्डले अहिले चुनावबारे सबै पक्षसँग संवादमा रहेको बताएका छन् । उनले जेन–जीसँग पनि निरन्तर संवादमा रहेको बताए ।