अहिलेको आवश्यकता चुनाव, भोलिको आवश्यकता संविधान संशोधन : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको आवश्यकता सबै मिलेर निर्वाचन सफल पार्नु रहेको बताएका छन्।
शुक्रबार सम्पादकहरुसँगको संवादमा उनले चुनावपछि पनि सबैको सहमतिमा जेनजीको माग सम्बोधन गर्ने गरी संविधान संशोधन गर्नुपर्ने उल्लेख गरे।
‘अहिलेको आवश्यकता निर्वाचन सफल पार्न सबै एकजुट हुनु हो,’ प्रचण्डले भने, ‘भोलिको आवश्यकता सबै मिलेर संविधान संशोधन गरेर जेनजीहरूको भावना र मागलाई पनि सम्बोधन गर्ने गरी सहमतिका आधारमा संविधान संशोधन गर्नु दोस्रो आवश्यकता हो।’
जेनजीको आन्दोलनपछि पहिलो पटक प्रचण्डले संवादकहरुसँग संवाद गरेर आफ्नो धारणा सार्वजनिक गरेका हुन्। माओवादी निर्वाचनको पक्षमा रहदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्: