ओलीलक्षित प्रचण्डको टिप्पणी : अझै अहंकार देखाउनु देशका लागि दुर्भाग्य
काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पछि लक्षीत गर्दै जेनजी आन्दोलनपछि पनि अहंकार अझै नगएको बताएका छन् ।
काठमाडौंमा सम्पादकहरूसँगको संवादमा प्रचण्डले एमालेका अध्यक्ष केपी ओलीलाई सङ्केत गर्दै अझै सत्तामा हुँदाजस्तै अहंकार देखाएको बताए।
उनले भने, ‘हिजो सत्ताको नेतृत्व गर्ने पार्टीका साथीहरूको अहंकार अझै गएको छैन। जनताको भावना र आवश्यकतालाई भन्दा आफ्नो मनोगत अहंकार नै आत्मरति गर्ने प्रवृत्ति अझै पनि देखिनु यो देशका लागि कम दुर्भाग्य होइन।’
उनले यो घटनापछि आफूहरूले जेनजी युवाहरूको मागलाई सम्बोधन गर्ने गरी पार्टीले मार्गचित्र तय गरेको पनि बताए। जेनजीहरूको मागमा माओवादीले समर्थन गरेको बताए।
उनले विगतमा सत्तामा हुँदा कांग्रेस एमालेले सत्ताको अहंकार देखाएकै कारणले अहिलेको परिस्थिति आएको बताए ।
प्रतिक्रिया दिनुहोस्: