Bagmati Samachar Logo

गौरी कार्की नेतृत्वको नक्कली हो, प्रतिवेदन मानिँदैन : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको गौरी बहादुर कार्की नेतृत्वको आयोगलाई नक्कलीको संज्ञा दिएका छन् ।

बिहीबार भक्तपुरको गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दे ओलीले अयोगबारे यस्तो टिप्पणी गरेका हुन् ।

ओलीले आफूहरुको सम्पत्ति छानबिन गर्ने भनको भन्दै ब्यङग्य गर्दै एक पटक होइन दश पटक गर्न सुझाव दिएका छन्, उनले भने, ‘मन्त्रीज्यूहरु आफ्नै सम्पत्ति छानबिन गर्नुहुन्छ ?’

ओलीले आयोगको प्रतिवेदन नमान्ने समेत बताए । ‘के गर्नुस् गर्नुस्’, उनले भने एमाले चिचिपट खेलेर नआएको भन्दै देश विकासको मार्गचित्र प्रस्तुत गरेर आएको बताए ।