प्रधानमन्त्री कार्कीले चलाउन मानिनन् ओलीले चलाएको फेसबुक र एक्स
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारका सूचना सम्प्रेषणका लागि सामाजिक सञ्जालका नयाँ खाता सञ्चालनमा ल्याएको छ ।
सामान्यता अघिल्लो सरकारले हस्तान्तरण गरेका सामाजिक सञ्जाल नयाँ सरकारले चलाउने प्रचलन रहे पनि यसपटक भने सामाजिक सञ्जालका नयाँ खाताहरू सञ्चालनमा ल्याइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले चलाएका सामाजिक सञ्जाल नचलाउने भनेपछि नयाँ खाता सञ्चालनमा ल्याइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पुराना खाता चलाउँदा पुराना गतिविधि देखिने भएकोले प्रधानमन्त्री कार्की चलाउन नमानेको जनाइएको छ ।
प्रधानमन्त्री कार्यालयले आइतबारदेखि एः क्गकजष्बि प्बचपष् फेसकुब र २ऊकगकजष्बिपबचपष् सञ्चालनमा ल्याएको छ ।
ओलीले सञ्चालन गरेको फेसबुक र एक्स ‘ह्यान्डिल’को पासवर्ड अहिलेसम्म उपलब्ध नभएको चर्चा छ । तर, ओलीको सचिवालयमा बसेर काम गरेका सदस्यहरूको भनाइमा ती सामाजिक सञ्जाल प्रधानमन्त्री कार्यालयका कर्मचारीले चलाउथे । उनीहरूले चलाउने ती सञ्जालको पासवर्ड ओलीका निजी सचिवालयका सदस्य कसैसँग छैन ।
उनीहरूको दाबीमा प्रधानमन्त्री कार्यालयका कर्मचारीले नै प्रयोग गर्ने भएकाले उनीहरूले नै अहिलेको प्रधानमन्त्री कार्कीलाई उपलब्ध गराउनुपर्ने हो । त्यसो नगरिएको भए कर्मचारीको बदमासी भएको उनीहरूको भनाइ छ ।
प्रधानमन्त्री कार्कीको सचिवालयबाट ओलीको सचिवालयमा काम गरेका व्यक्तिहरूलाई फोन गरेर पासवर्ड मागेका पनि थिए । उनीहरूले प्रधानमन्त्री कार्यालयको कर्मचारीसँग उक्त पासवर्ड भएको र ती पासवर्ड हुने कार्मचारीको नामसमेत बताइदिएका थिए ।
त्यसपछि प्रधानमन्त्री कार्कीले अर्को आइडी बनाएको देखिन्छ । प्रधानमन्त्री कार्कीको सचिवालयका अधिकारीले पनि कार्कीले तत्कालीन प्रधानमन्त्री ओलीले चलाएका आइडी प्रयोग गर्न नमानेपछि नयाँ आईडी बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्: