Bagmati Samachar Logo

मौसम खुलेसँगै काठमाडौं आउजाउ केहि सडक एकतर्फी खुल्ला

काठमाडौं । दुई दिनको अविरल वर्षा पछि मौसम सुधारसँगै केही स्थानमा यातायात एकतर्फी रुपमा सुचारु भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै विभिन्न ठाँउमा पहिरो पन्छाएर एकतर्फीरुपमा सवारी सञ्चालनको तयारी भइरहेकाले धादिङ, चितवन, मकवानपुर र नुवाकोट प्रशासनको सूचनाका आधारमा ती जिल्लामा आवागमन एकतर्फी रूपमा खुला गरिएको जनाएको हो ।

सवारी चलाउँदा सडकमा खटिएका सुरक्षाकर्मीको निर्देशन एवं ट्राफिक इसारा, संकेत र सूचनालाई गम्भिरतापूर्वक लिई सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।