बागमती नदीले पार गर्यो सतर्कता तह
काठमाडौं । बागमती नदी र यसका सहायक नदीहरूमा जलस्तर बढ्दै गएर सतर्कता तह पार पार गरेको छ । सतर्कता तह पार गरेसँगै बाढीको जोखिम पनि बढेको छ ।
ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको सतर्कता तह ३.५ मिटर रहेकोमा जलस्तर ३.५८ मिटर पुगेको छ । त्यस्तै, मनोहरा खोलाको बालकुमारी केन्द्रमा सतर्कता तह ४.४ मिटर रहेकोमा सो तह पार भएको छ ।
आगामी २४ घण्टासम्म वर्षा निरन्तर हुने सम्भावना रहेको मौसम विभागले जानकारी दिएको छ । जसबाट बाढीको जोखिम रहेको बताएका छ ।
उपत्यकाका हनुमन्ते खोला, विष्णुमति खोला, नख्खु खोलाको मेडिसिटी आसपास र तलका बस्तीहरू, कालिमाटी तरकारी बजार, बल्खु तरकारी बजार र आसपासका क्षेत्रमा डुबानको उच्च जोखिम रहेको छ ।
सबैलाई सचेत रहन सरकारले सूचना जारी गरेको छ । बाढीको उच्च जोखिमका कारण दुई दिन विदा दिएको छ ।
प्रतिक्रिया दिनुहोस्: