आज रातिदेखि अति भारी वर्षा हुने, यी ४० जिल्लामा छ उच्च जोखिम
काठमाडौं । असोज १७ गते रातिदेखि जारी वर्षाले आज रातिबाट भीषण रूप लिने भएको छ । आज राति १० बजेदेखि २ बजेसम्म अति भारी वर्षा हुने जल तथा मौमम विज्ञान विभागले जानकारी दिएको छ । विभागका अनुसार अविरल वर्षाले ४० जिल्ला बढी प्रभावित हुनेछन् । ती जिल्लामा बाढीपहिरोका साथै डुबान हुने सम्भावना छ ।
विभागका अनुसार उच्च जोखिममा काठमाडौं उपत्यका पनि रहेको छ । विभागले उल्लेख गरेको सूचीअनुसार काठमाडौं उपत्यकाबाहेक बागमती प्रदेशका मकपवानपुर, सिन्धुली र चितवन बढी प्रभावित हुनेछन् । रामेछाप, सिन्धुपलाञ्चोक, काभ्रे, दोलखा पनि अति उच्च जोखिमको सूचीमा छन् ।
त्यसैगरी, मधेश प्रदेशका जिल्लाहरू महोत्तरी, पर्सा, रौतहट, बारा र सर्लाही पनि बढी प्रभावित हुनेछन् । धनुषा, सप्तरी र सिरहा पनि प्रभावित हुनेछन् । ती जिल्लामा पनि भारी वर्षा सुरु हुन लागेको छ । त्यसैगरी कोशी प्रदेशका जिल्लाहरू उदयपुर र सुनसरी पनि बढी प्रभावित हुने जिल्लामा परेका छन् ।
यता, इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट र धादिङमा पनि बाढीको उच्च जोखिम छ । ती जिल्लासँगै गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लाहरू उच्च जोखिममा छन् ।
विभागका अनुसार कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दियामा मध्यम जोखिमको सूचीमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्: