Bagmati Samachar Logo

जेन–जी प्रर्दशनका घाइते भेट्न श्रेष्ठ पुगे टिचिङ अस्पताल

काठमाडौं । जेन–जी प्रर्दशनका क्रममा गोली लागेर घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् ।

श्रेष्ठले उपचाररत घाइतेहरूसँग भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले अस्पतालका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूको निष्ठापूर्ण सेवा रहेको बताएका छन् । घाइतेहरूको अवस्थामामा क्रमिक सुधार भइरहेको घाइतेहरुले बताएका छन् ।

अस्पतालका अनुसार हालसम्म ४१ जना घाइते उपचारपछि घर फर्किसकेका छन्, भने ५ जना विभिन्न वार्डमा उपचाररत छन्।

श्रेष्ठले घाइतेहरूको सौर्यमय संघर्ष खेर जान नदिई उपलब्धिमूलक बनाउन आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।