पूर्वीय दर्शनको उदाहरा दिर्दै शंकर पोखरेलले भने : राजनीति र समाज कुनै एक पुस्ताको मात्र होइन
काठमाडौं । नेकपा एमालेमा महासचिव शंकर पोखरेलले राजनीति र समाज व्यवस्था कुनै एक पुस्ताको मात्र विषय नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै राजनीति र समाज व्यवस्था कुनै एक पुस्ताको नहुने र यो चार पुस्ता मिलेर अगाडि बढ्न बताएका छन् ।
उनले लेखेका छन्, ‘पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजन मान्दछ । राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय होइन, हुन सक्तैन ।’
खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो ठाउँमा रहेको उल्लेख गर्दै उनी थप्छन्, ‘समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ । तर त्यही नै समाज र राजनीतिको अबको बाटो हो भनेर भ्रमित हुनुहुँदैन ।’
प्रतिक्रिया दिनुहोस्: