Bagmati Samachar Logo

जसको विचार बलियो हुन्छ, उसैले माओवादीको नेतृत्व गर्छ : हरिबोल गजुरेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले आगामी महाधिवेशनपछि बलियो विचार हुनेले पार्टीको नेतृत्व गर्ने बताएका छन् । हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन गर्ने निर्णय गरेको उल्लेख गर्दै गजुरेलले सो कुरा बताएका हुन् ।

‘अब नेतृत्व कसले लिने वा कसलाई दिने भन्ने अधिकार कसैको व्यक्तिगत हातमा छैन, त्यो त महाधिवेशनकै निर्णयले टुंगो लगाउने कुरा हो’, उनले भने, ‘त्यसैले अहिले चिन्ता नेतृत्व लिनु होइन, चिन्तन गर्नुपर्ने बेला हो । जसको विचार बलियो हुन्छ, त्यसको नेतृत्व स्वतः स्थापित हुन्छ ।’ जेन–जीले खोजिरहेको कुरा पनि यही भएको उनको भनाइ छ ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व निरन्तरता दिने वा अर्को भूमिकामा जाने भन्ने प्रश्न पनि यही आधारमै निर्भर हुने उनले बताए ।