आफ्नो हातमा केही नरहेको थाहा पाएपछि राजीनामा दिएको हुँ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन जी प्रर्दशन र त्यसपछि आफ्नो हातमा केही नरहेको थाहा पाएर राजीनामा दिएको बताए ।
शनिबार भक्तपुरको गुन्डुमा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन् ।
उनले जेन जी प्रर्दशनमा भएको घटनापछि अत्यन्त दुःखी भएको र यो कसरी भयो भनी छानबिन गर्न पनि भनेको बताएका छन् । उनले भने ‘घटनाको सत्य तथ्य पत्ता लगाउन छुट्टै आयोग निर्माण गर्न पनि आफूले भनेको थिए । तर आफ्नो हातमा केहि पनि नभएपछि राजीनामा दएको हुँ ।’
ओलीले गोलीकाण्ड र त्यसपछिको घटनाक्रमबारे व्यक्त गरिएका चिन्ता र सरकारप्रति उठेका प्रश्नका सबालमा समेत प्रस्ट पारेका छन् । उनले भने– ‘ सुरुमा गोली कसरी चलेको हो भनी मैले स्वयं सोधखोज गरेको छु, पछि थाहा पाएँ १४ जनाको मृत्यु भएको छ । टाउकोमा गोली लागेको भन्ने जानकारी पनि आएको छ । यो कसरी भयो चिन्ता व्यक्त गरेको छु, त्यसबारेमा बुझ्न लगाएको छु ।’
अध्यक्ष ओलीले आफूमाथि केही व्यक्तिले विभिन्न आरोप लगाएको टिप्पणी गर्दै जेनजी पुस्ताले उठाएको सुशासन र भ्रष्टाचारको विषयलाई गम्भीरतापूर्वक लिएको बताए । उनले त्यसको समाधान गर्नतिर लागेको तर त्यो दिन गर्न नपाएको भन्दै चिन्ता जाहेर गरे । उनले भने– ‘ममाथि आरोप लगाए भन्ने कुरा आयो, म ती आरोपप्रति जवाफदेही हुनेछु, तर देशमा शान्ति र सामाजिक मर्यादा कायम हुनु आवश्यक छ ।’
उनले समाजमा हतियारको स्थिति अन्त गर्न र शान्तिको सुनिश्चित गर्न पनि जोड दिए । उनले भने– ‘प्रहरीको हातबाट हतियार जसले खोसेको हो त्यसले तत्काल फिर्ता गरी दिनुपर्छ, ताकि समाजमा थिति बसोस् ।’
प्रतिक्रिया दिनुहोस्: