प्रचण्डले फेरि दोहराए माओवादीका सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै नेताहरुको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने घोषणा गरेका छन् । जारी केन्द्रीय समितिको बैठक उठेका प्रश्नको जवाफ दिने क्रममा उक्त कुरा बताएका हुन् । दुई दिनदेखि जारी बैठक समापन गर्दै प्रचण्डले माओवादीका सबै नेताहरुको सम्पति छानबिन गर्ने र सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् ।
विधान महाधिवेशनमा पनि प्रचण्डले माओवादी नेताहरुको सम्पति छानबिन गर्न आयोग बनाउने घोषणा गरेका थिए । तर अहिलेसम्म नबनाएको भन्दै पार्टी भित्र उनको आलोचना हुँदै आएको थियो ।
नेताहरुको जीवनशैलीका बारेमाा पार्टीमा मात्र होइन आम रुपमा पनि प्रश्न उठ्ने गरेको र गत भदौ २३ र २४ गते भएको जेन जीको प्रर्दशनमा पनि नेताहरुका परिवाराको जीवनशैलीका बारेमा प्रश्न उठेको थियो ।
आजको सम्बोधनमा प्रचण्डले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताले नयाँ कार्यशैली अपनाउनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘अब पुरानै ढङ्गले चल्दैन, नयाँ कार्यविधि र ढङ्गबाट अघि बढ्नुपर्छ । सङ्गठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको छ । नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनतासँगको सम्बन्ध सरल र जनमुखी बनाउन के के गर्ने भनेर लिखित सुझाव दिनु होला।’
आजबाट माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ । पदाधिकारीलाई सचिवालयको रुपमा राख्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्: