माओवादी बैठक : राम कार्कीको फरक मत : विमारी एक ठाँउमा उपचार अर्को ठाउँमा गर्र्यौ
काठमाडाैं । नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले पार्टीमा विमारी एक तर्फ र उपचार अर्को तर्फ भएको बताएका छन् । उनले बैठकमा माओवादीको विमारी एक तर्फ उपचार अर्का तर्फ गर्दा यस्तो अवस्था अवस्था आएको धारणा राखेका छन् ।
माओवादीको जारी केन्द्रीय समिति बैठकमा कार्कीले अध्यक्ष पुष्पकमल दाहालप्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको प्रस्ताव भन्दा फरक धारणा राखेको एक केन्द्रीय सदस्यले बताए ।
ती सदस्यले भने, कार्कीले तीन वटै प्रस्ताव भन्दा फरक ढंगले जानुपर्ने धारणा राख्नु भयो । प्रदेश अध्यक्ष राखौं र सयोजन समिति बनाएर महाधिवेशनमा जाऔं । बाँकी सबै कमिटिहरु भंग गरेर महाधिवेशनको तयारी गरौँ । पार्टीलाई सहित तरिकाले अगाडि बढाउने हो भने समस्या भएको कुराको उपचार गरौँ ।
बैठकमा उपमहासचिव हरिबोल गजुरेलले सडकबाट उठेको आवाजले सरकार परिवर्तन हुनेभएपनि पार्टीभित्रको नेतृत्व परिवर्तन नहुने बताए । अध्यक्ष प्रचण्डले राजीनामा दिनुपर्ने माग बैठकमा उठिरहेको छ । तर गजुरेलले प्रचण्डको बचाउ गर्दै सडकबाट उठेको आवाजले सरकार त परिवर्तन हुन्छ, तर पार्टीभित्रको नेतृत्व परिवर्तन नहुने बताएको बैठकमा सहभागी एक नेताले बताए । ती नेताले गजुरेलको भनाई उदृत गदै भने, ’पार्टीको नेतृत्व परिवर्तन विधि विधान अनुसार हुन्छ । कसैले चाहदैमा सडकबाट परिवर्तन हुदैन । यो सरकारको प्रधानमन्त्री जस्तो हुँदैन सडकबाट राजीनामा माग्नेबित्तिकै पाउने । त्यो पार्टीभित्र बहस छलफल हुन्छ । नेतृत्व परिवर्तन महाधिवेशनबाट हुन्छ ।’
महाधिवेशनबाट पार्टीको नेतृत्वको बारेमा, विचार र कार्यदिशाको बारेमा बहस छलफल हुने बताएका छन् । उनले भनेका छन्, ’नेतृत्व उमेरका आधारमा होइन, विचार र क्रान्तिकारी कार्ययोजनाका आधारमा बन्ने हो ।’
गजुरेलले बैठकमा जेन जी आन्दोलनलाई पार्टीले समर्थन गर्नु पर्ने बताएका छन् । उनले भनेका छन्, ’हामीले आन्दोलनमा पहिलो दिनदेखि नै ऐक्यबद्धता जनाउनुपर्ने थियो । पछि भए पनि हामीले दमन र नरसंहारको विरोध गर्यौं । ओलीको राजीनामा माग्यौं । त्यसकारण हामी फरक छौं ।’
पार्टीमा नयाँ पुस्तालाई प्रतिनिधित्व दिनुपर्ने बताएका छन् । उपाध्यक्ष नन्दकिशोर पुन पासाङले माओवादीमा प्रचण्डको विकल्प तत्काल नदेखिएको बताएका छन् । उनले बैठकमा नेतृत्व भनेको कमरेड प्रचण्ड नै हो भन्दै संकटको समयमा नेतृत्व हटाउने होइन बलियो बनाउनु पर्ने धारणा राखेका छन् ।

संकटको समयमा अध्यक्ष प्रचण्डको विकल्प खोज्नेहरु क्रान्तिकारी नभएर अवसरवादी भएको बताएका अर्का एक केन्द्रीय सदस्यले बताए ।
पुनको भनाइ भन्दै ती सदस्यले भने, ‘अरु समयमा क्रान्तिकारी देखिएकाहरु संकटमा अवसरवादी हुन्छन् । अहिले प्रचण्डको रक्षा आन्दोलनको रक्षा गर्नु पर्ने समयमा राजिनामा माग्नु अवसरवाद हो । यहाँ अवसरवाद देखिएको छ ।’
उपाध्यक्ष अग्नी सापकोटाले पनि प्रचण्डको विकल्प नभएको धारणा राखेका छन् ।
समुह गत रुपमा छलफलको निष्कर्ष प्रस्तुत भइसकेको छ । अधिकांस टोली बाट तत्काल प्रचण्डको विकल्प नभएको निष्कर्ष आइरहेको छन् ।
नेताहरुबाट भएको गल्ती कमिकमजोरीको आत्मालोचना गर्नु पर्ने, नातागोतावाद तोड्ने प्रतिवद्धता यहि बैठकबाट गर्नु पर्ने सुझाव पनि आएका छन् ।
प्रतिक्रिया दिनुहोस्: