गृहसचिव दुवाडी हटाइए, दंगाललाई जिम्मेवारी
काठमाडौं । सरकारले गृहसचिव गाकर्णमणि दवाडीलाई हटाएर रामेश्वर दंगाललाई जिम्मेवारी दिएको छ ।
जेन–जीको प्रर्दशनको क्रममा दमन भएको र त्यसमा दवाडीको पनि भूमिका खेलेको आरोप लागिरहेका छ । उता दंगाललाई रक्षासचिव बाट जिम्मेवारी दिएको छ ।
दंगाल यसअघि गृह प्रशासनकै ‘क्याडर’ थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार, मंगलबार वा बुधबारभित्र निर्णय कार्यान्वयन हुनेछ ।
यसअघि भिजिट भिसा प्रकरणमा नाम मुछिएको भएपनि उन्मुक्ति पाइरहेका दुवाडी सरकार परिवर्तनको करिब डेढ सातासम्म गृहमन्त्रालयकै जिम्मेवारी छन् ।
जेन–जी आन्दोलन दमनमा गृह प्रशासनको नेतृत्व गरेका दुवाडीमाथि छानबिन हुनुपर्ने माग उठिरहेका छ । उनलाई गृहको सचिवबाट हटाएर योजना आयोगको सचिवालमा जिम्मोवरी तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्: