Bagmati Samachar Logo

शिक्षामन्त्री महावीर पुनले पहिलो निर्णयमै हस्ताक्षर नगर्ने जिद्दी लिए कर्मचारीले सम्झाएपछि माने

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री महावीर पुनले पदभारग्रहण गरेका छन् ।

पदभार ग्रहणपछि मन्त्रीलाई पहिलो निर्णयमा हस्ताक्षर गराउने प्रचलन छ । तर, मन्त्रीपुनले पहिलो निर्णयमा हस्ताक्षर नै गर्न मानेनन् । मन्त्रालयले वैज्ञानिकहरूको एउटा समिति बनाउने निर्णयमा मन्त्रीको सही गराउन खोजेको थियो । तर, मन्त्री पुनले यस्ता समिति कति बन्छन् कति भनेर हस्ताक्षर नगर्ने जिद्दी लिए ।

त्यसपछि कर्मचारीहरूले यो प्रक्रियागत कुरा भएको भन्दै निकै बेर सम्झाएपछि उनी तयार भए ।

मन्त्री पुनले भने, ‘अहिले हस्ताक्षर चैँ गर्छु, तर, यो निर्णयलाई पछि मेरो टिमले हेर्नुपर्छ ।’

केशरमहलमा तयार पारिएको शिक्षा मन्त्रालयमा गएर उनले पदभार ग्रहण गरेका हुन् ।