माओवादीले प्रचण्डकै संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने
काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोगकत्वमा महाधिवेशन आयोजक समिति बनाउने तयारी गरेको छ ।
आज बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति विघटन गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गरेको छ । आज बसेको पदाधिकारी बैठकले यो प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय गरेको प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार प्रचण्डकै संयोजकत्वमा आयोजक समिति बनाउने पदाधिकारी बैठकको प्रस्ताव छ । आगामी ९ असोजमा बस्ने केन्द्रीय समिति बैठकमा यो प्रस्तावमाथि छलफल हुने सापकोटाले जानकारी दिए । त्यसअघि ८ गते स्थायी समिति बैठक बस्ने छ ।
माओवादीमा नेतृत्व हस्तान्तरणको विचार, विधि प्रक्रियाबारे प्रारम्भिक छलफल भएको पनि सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्: