Bagmati Samachar Logo

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्र हटाइए, मनोज ल्याइए

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्र शाक्यलाई हटाएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

केपी ओली नेतृत्वको सरकारले कुलमानलाई प्राधिकरणबाट हटाएर शाक्यलाई नियुक्त गरेको थियो । अहिले कुलमान ऊर्जामन्त्री बनेसँगै शाक्यलाई मन्त्रिपरिषद्ले हटाएको हो ।

कार्यकारी निर्देशकमा दुई जना रस्साकस्सीकै बीचमा संयोगले घिसिङ त्यही ऊर्जा मन्त्रालय सम्हाल्न आइपुगे । त्यसले शाक्यलाई थप दबाबमा पारेको छ । उनीहरूबीच व्यक्तिगत तहमै सम्बन्ध राम्रो नभएको संकेत भने घिसिङ मन्त्री भएको दिन देखिएको थियो ।

घिसिङ मन्त्रीको शपथ लिई ऊर्जा मन्त्रालयमा पदभारका लागि आउँदा हितेन्द्र शाक्यले बहिष्कार गरेका थिए । पदभार गरेको दोस्रो दिन फेसबुकबाट शाक्यले मन्त्री घिसिङलाई बधाई तथा शुभकामना दिएका थिए ।