Bagmati Samachar Logo

गुप्तचरको प्रमुखमा टेकेन्द्र कार्की

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक कार्कीलाई गुप्तचर प्रमुखमा नियुक्त गरेको हो ।

जुम्ला घर भएका कार्कीलाई विभागको मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गरेको छ । गुप्तचर प्रमुखको ३ वर्षे पदावधि पुरा गरेर हुतराज थापा भदौ २८ देखि अनिवार्य अवकाशमा गएपछि प्रमुखको पद रिक्त थियो ।

नवनियुक्त प्रमुख कार्की २०५३ मा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका थिए । उनले आफ्ना प्रतिस्पर्धी ओम प्रकाश जोशीलाई पछि पारेका छन् ।

जेनजी प्रदर्शनको कारण सत्ता परिवर्तन भएसँगै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्ले उनलाई गुप्तचर प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।