Bagmati Samachar Logo

सञ्चार मन्त्री पत्रकार जगदीश खरेल बन्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा पत्रकार जगदीश खरेल सूचना तथा सञ्चार मन्त्री नियुक्त हुने भएका छन्।

कार्कीले आइतबार साँझ सूचना तथा सञ्चार मन्त्रीका रूपमा खरेलको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेको बालुवाटार स्रोतले बतायो। उनीसहित नयाँ नियुक्त हुने पाँच जना मन्त्रीको सोमबार शपथ हुनेछ।

दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय खरेल इमेज टिभीका समाचार प्रमुखका रूपमा कार्यरत थिए ।

उनले लामो समयदेखि हट सिट नामक टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आएका छन्।