१० हजार कर्मचारीको दरबन्दी घटाउने सचिव स्तरीय निर्णय
काठमाडौँ । मंगलबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवहरूको बैठकले निजामती सेवा अन्तर्गत सघीय तहमा रहेको दरबन्दी २० प्रतिशतले घटाउने सैद्धान्तिक सहमति गरेको छ ।
हाल संघमा ५१ हजारभन्दा बढी कर्मचारी रहेका छन् । २० प्रतिशतले दरबन्दी कटौती हुँदा यो सङ्ख्या करिब १० हजारले घट्नेछ ।
यो दरबन्दी मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूबाट घटाइने निर्णय गरेको छ ।
सचिव स्तरीय यो निर्णय मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ । त्यसका लागि प्रस्ताव तयार गरेर मन्त्रिपरिषद् बैठकमा पेस गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्: