गृहमन्त्रीका निर्णय : शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च
काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेपछिको तीन वटा निर्णय गरेका छन् । जसमा प्रदर्शनका क्रममा ज्यान गुमाउने प्रदर्शनकारी र सुरक्षाकर्मीको सम्मानस्वरुप राष्ट्रिय शोकको रूपमा मनाउने र राष्ट्रिय झन्डा आधा झुकाउने र मृतकका परिवारलाई प्रति मृतक रु १ लाख काजकिरिया खर्च उपलब्ध गराउने छन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सोमबार शीतल निवासमा आयोजित एक समारोहका बिच पद तथा गोपनीयताको शपथ दिलाएका थिए ।
साथै मृतकहरूको शव व्यवस्थापनका लागि निःशुल्क सवारीसधान व्यवस्थापन गर्ने र दुर्गमको हकमा हेलिकप्टरको व्यवस्थापन गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्: