कुलमानसँग जेन जी आन्दोलनमा ज्यान गुमाएका परिवारको गुनासो, कहिलेसम्म भोलि भन्दै टार्ने हो ?
काठमाडौँ । सोमबार राष्ट्रपतिबाट शपथ लिए लगत्तै मन्त्री कुलमान घिसिङ शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् । उनले त्यहाँ जेन जी आन्दोलनका मृतक परिवारलाई भेटेका छन् । ले गुनासो पोखेका छन् ।
घिसिङ जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारले गुनासो पोखेका छन् । आन्दोनलनमा मृत्यु भएका परिवारका सदस्यहरूले मन्त्री घिसिङलाई जनताको कुरा सुन्नुपर्ने भन्दै हतार गरेर नहिँड्न आग्रह गरे ।
आफूहरूले अहिलेसम्म सरकारसँग आफ्नो माग राख्न नपाएको उनीहरुको गुनासो पोखेका छन् । सरकारले कहिलेसम्म भोलि भन्दै टार्ने हो भन्दै परिवारहरुले गुनासो गरेका छन् ।
जवाफमा कुलमानले सबै मागहरु सम्बोधन हुने प्रतिबद्धता जनाए । घिसिङले उर्जासहित भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । आजै उनले पदधार ग्रहण गर्ने छन् । दुई मन्त्री पदभार ग्रहण गर्न सिंहदरबार आउदा घिसिङ भने शिक्षण अस्पताल पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्: