माओवादीका १९ जना नेताहरुको घर सम्पति ध्वस्त
काठमाडौ । नेकपा माओवादी केन्द्रले आफ्ना नेता कार्यकर्ताहरुको व्यक्तिगत सम्पति क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।
माओवादी केन्द्रले आफ्नो पार्टीको आधिकारीक पेजमा जेन जीको आन्दोलनमा घुसपैठ गरेकाहरुले आफ्ना नेता कार्यकर्ताहरुको निजी सम्पति क्षति भएको विवरण सार्वजनिक गरेका छन् ।
माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको जानकारी दिएको छ ।
माओवादीले अहिलेको अवस्था आउनुमा कांग्रेस र एमालेको गठबन्धनले चालेको कुशासन र अकमण्र्यताको श्रृखला भएको बताएको छ । उसले भनेको छ, ‘कांग्रेस र एमालेको गठबन्धन सरकारले चालेका कुशासन र अकण्र्यताका शृङ्खलाविरुद्ध सबैभन्दा बढी आवाज उठाउँदै आएको र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा संविधानमा नै फरक मत राखेको गणतन्त्र नेपालको प्रमुख संवाहक दल नेकपा (माओवादी केन्द्र) का नेताहरू जेन–जी आन्दोलनका घुसपैठियाहरूको निशानामा परेका छन् ।’
माओवादीले सार्वजनिक गरेको विवरणमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त भएको बताएको छ ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त भएको र अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त भएको बताएको छ ।
पूर्व उपराष्ट्रपति तथा उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त बनाएको छ ।
उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत भएको माओवादीले जानकारी दिएको छ ।
उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट उपमहासचिवद्धय वर्षमान पुन र गिरिराजमणी पोखरेलको निवास, तोडफोड र लुटपाट गरेको बताएको छ ।
सचिव चक्रपाणी खनालको घर, आगजनी, तोडफोड र लुटपाट भएको छ ।
केन्द्रीय सदस्य गंगा दाहालको ललितपुर र विराटनगरको घर आगजनी, तोडफोड र लुटपाट भएको जनाएको छ ।
केन्द्रीय सदस्यहरुमा रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट, माधव सापकोटाको घरमा आगजनी, राजन दाहालको सिन्धुलीका घरमा तोडफोड र लुटपा, केन्द्रीय सदस्य विशाल खड्काको घर तोडफोड र गाडी पूरै ध्वस्त पारेको जानकारी माओवादीले दिएको छ ।
त्यस्तै केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आजगनी भएको छ । केन्द्रीय सदस्य उमेश यादवको सप्तरी घरमा तोडफोड, लुटपाट गरेको जनाएको छ ।
केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट, केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त गरेको छ ।
माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पनि आगजनी भएको छ । कोशी प्रदेश पार्टी कार्यालयमा तोडफोड,बामगती प्रदेश कार्यालय पनि आगजनी र तोड फोड भएको छ ।
प्रतिक्रिया दिनुहोस्: