सुशीला कार्की विराटनगरबाट पाँचौ प्रधानमन्त्री बनिन्
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी छन् । उनी प्रधानमन्त्री बनेसँगै देशले पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । विराटनगरबाट पाँचौ प्रधानमन्त्री बन्ने अवसर पनि पाएकी छन् ।
राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको सहमति भएसँगै कार्कीको आजै शपथ हुँदैछ । कार्कीले पहिलो महिला प्रधानन्यायाधीश पनि बनेकी थिइन् ।
प्रधानन्यायाधीशबाट अवकाशको करिब आठ वर्षपछि प्रधामन्त्री बनेकी कार्की विराटनगरबाट पाँचौँ प्रधानमन्त्री बनेकी छन् ।
१.बीपी कोइराला – नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री
२.मातृका प्रसाद कोइराला – कांग्रेसबाट प्रधानमन्त्री
३.गिरिजा प्रसाद कोइराला – बहुदलीय लोकतन्त्र पुनर्स्थापनापछि चारपटक प्रधानमन्त्री
४.मनमोहन अधिकारी – पहिलो कम्युनिस्ट प्रधानमन्त्री
५.सुशीला कार्की – पहिलो महिला प्रधानमन्त्री
प्रतिक्रिया दिनुहोस्: